सुदूर नेपाललाई विश्वसँग जोड्दै

अष्ट्रेलियामा ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ

२०७७ असार ९, ०५:२५ खबर संवाददाता

सिड्नी: अष्ट्रेलियाको सिड्नीमा ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन्। पक्राउ पर्नेमा २२ वर्षीया नेहा गिरी तथा १९ वर्षीय आयुष भट्टराई रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

न्यूसाउथवेल्स प्रहरीले आरोपितहरुलाई ईन्टरनेट र फोनमार्फत् ठगी गर्ने एक अन्तर्राष्ट्रिय गिरोहलाई सघाएको भन्दै आठ अभियोग लगाएको छ। पक्राउ परेका दुवै जनालाई ग्रानभिलस्थित प्रहरी कार्यालयमा राखी अनुसन्धान अगाडि बढाइएको छ। 

कमेन्ट लोड गर्नुस