सुदूर नेपाललाई विश्वसँग जोड्दै

असारे झरीले धनगढीका सडक हिलाम्य

२०७७ असार ९, १०:२२ खबर संवाददाता

असारे झरीले धनगढीका सडक हिलाम्य मनसुन सुरु भएपछि असारको झरीले धनगढी उप–महानगर क्षेत्रका सडक हिलाम्य भएका छन्। मंगलवार बिहानको झरीका काराण धनगढी उप–महानगर क्षेत्रका अधिकांश सडक हिलाम्य भएका हुन्।

राजपुर–तारानगर सडक, धनगढी–खुटिया सडक, सहिदगेट–शिवनगर सडक, भन्साररोड–सन्तोषीटोल लगायतका सडक असारको झरीमै हिलाम्य भएका हुन्। यस्तै एसियाली विकास बैंकको ऋण लगानीमा कार्यन्वयन हुने सडक र सघन सहरी विकास कार्यक्रम, धनगढी उप–महानगरपालिका लगायतका विकासे अड्डाहरुले कालोपत्रेका लागि तयारी अवस्थामा राखेका सडक पनि हिलाम्य भएका छन्।

सडक निर्माणाधिन अवस्थामा समेत वैकपिल्क सडकको ब्यवस्थापन नहुँदा आवतजावतमा झनै सास्ती भईरहेको छ।

 

कमेन्ट लोड गर्नुस