सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारत–पाकिस्तान झडपमा नेपाली गोर्खा सैनिकको निधन

२०७७ असार ९, ०८:३९

धनगढी : भारत–पाकिस्तान झडपमा नेपाली गोर्खा सैनिकको निधन भएको छ। पाकिस्तानी सेनाले गरेको गोलाबारीमा गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा नम्वर ५, खर्ज्याङ घर भएका भारतीय सेनाका गोर्खा जवान दीपक कार्कीको निधन भएको हो।

छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तका अनुसार उनी जम्मु कास्मीरको नौशेरा सेक्टरमा तैनाथ थिए। सोमबार पाकिस्तानी सेनाले गरेको गोलाबारीमा उनको मृत्यु भएका हो। 
 

कमेन्ट लोड गर्नुस