सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ बढ्यो, तोलाको ९१ हजार रुपैयाँ

२०७७ असार ९, ०८:०१ खबर संवाददाता

सुनको भाउ तोलामा ९१ हजार रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै महंगो हो। अस्ति आइतबारको तुलनामा सुनको भाउ ४ सय रुपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले यसको असर नेपाली बजारमा पनि परेको र भाउ अझै बढ्ने सक्ने नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७ सय ५२ दशमलव ८० अमेरिकी डलर पुगेको छ। महासंघका अनुसार भाउ बढेपछि बजारमा सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै भएको छ।

कोरोना भाइरस र लकडाउनको कारण आम्दानी घटेकाले पनि सुन किन्नेभन्दा बेच्न खोज्नेहरु बढेका व्यवसायीको भनाई छ। सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीले बताएका छन्।

कमेन्ट लोड गर्नुस