कैलालीमा क्वारेन्टिनबाट घर पठाइएका युवकको मृत्यु, कोरोना परीक्षण हुने
धनगढी : कैलालीमा क्वारेन्टिनबाट घर पठाइएका एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर ७ का ३६ बर्षीय युवकको आज साँझ मृत्यु भएको हो।
उनलाई हिजो मात्रै घर पठाईएकोमा आज वडा नम्वर ५ मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।
उनका अनुसार मृतक युवकलाई वडा नम्वर २ को क्वारेन्टिनबाट घर पठाईएको थियो। मृतकको स्वाब संकलन गरेर कोरोना परीक्षणको तयारी भईरहेको बताउँदै उनले शव व्यवस्थापन बारे छलफल भईरहेको बताए।