सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोयल कोलाबोरेटिभ्सले त्रिनगर नाकामा सञ्चालन गर्दै आएको निःशुल्क खानाघर स्थगित

२०७७ असार ८, ०६:०४ खबर संवाददाता

धनगढी: रोयल कोलाबोरेटिभ्स प्रालि धनगढीले त्रिनगर नाकामा सञ्चालन गर्दै आएको निःशुल्क खानाघर आजदेखी स्थगित गरेको छ। सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कोलाबोरेटिभ्सले आजैबाट खानाघर स्थगित गरेको जानकारी दिएको हो।  

जेठ ९ देखी सुरु गरिएको निःशुल्क खानाघरमार्फत असार ६ गतेसम्म ६५ हजार ६०३ प्लेट खाना खुवाइएको प्रालिका अध्यक्ष गजेन्द्र बिक्रम शाहीले बताए। साथै उनले आवश्यक परे पुनः खाना घर सुचारु गर्ने बताए।

उक्त कार्यमा निसर्ग अस्पताल धनगढी, कैलाली उद्योग वाणिज्य संघ, धनगढी उपमहानगरपालिका, रुडुक लगायत विभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग गरेको शाहीले जानकारी दिए।  

कमेन्ट लोड गर्नुस