सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा क्वारेन्टिनमा बसेका युवकले गरे आत्महत्या

२०७७ असार ८, १०:१५ खबर संवाददाता

बझाङः बझाङमा क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका छन्। छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ मजखोरी माध्यमिक विद्यालयको क्वारेन्टिनमा ३० वर्षीय युवकले आत्महत्या गरेका हुन्।

३ दिन पहिले भारतबाट फर्किएका उनले क्वारेन्टिनमै गएराति झुण्डिएर आत्महत्या गरेको गाउँपालिकाका अध्यक्ष अक्कल धामीले बताए।

अहिले प्रहरी प्रशासनलाई खबर गरिएकाले घटना सम्बन्धी थप विवरण अनुसन्धानबाट खुल्ने अध्यक्ष धामीले बताए। उनको कोरोना परीक्षण भने भएको छैन्। 
 

कमेन्ट लोड गर्नुस