सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको नेपाल–चीन सीमाको १ नम्बर पिलरमा पहिलो पटक सशस्त्र पुग्यो

२०७७ असार ८, ०९:५० खबर संवाददाता

दार्चुला : दार्चुलाको नेपाल–चीन सीमाको एक नम्बर पिलरमा पहिलोपटक सशस्त्र प्रहरीको गस्ती टोली पुगेको छ।

सीमा सुरक्षामा खटिएको छाङ्रुमा बोर्डर आउट पोस्ट (बीओपी) को २५ जनाको टोली गस्तीका क्रममा पहिलोपटक नेपाल–चीन सीमा १ नम्बर स्तम्भमा पुगेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका डीएसपी डम्बरबहादुर विष्टले सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द नेतृत्वको २५ जनाको टोली नेपाल–चीन सीमासम्म पुगेर फर्किएको बताए। टोली असार ३ गते सीमा गस्तीमा हिँडेको थियो।

सोही दिन सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र प्रधानसेनापति पूर्णचन्द्र थापाले छाङरु भ्रमण गरेका थिए। 
 
 

कमेन्ट लोड गर्नुस