सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एउटै वडाका ९ जनामा कोरोना पुष्टि

२०७७ असार ७, ०५:१४ खबर संवाददाता

धनगढी: धनगढीमा आईतबार १८ जनामा कोरोना पुष्टि भएको छ।

धनगढी प्रयोगशालामा भएको परीक्षणमा आज थप १८ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। धनगढी उप–महानगरपालिकाका अहेव लक्ष्मी उपाध्यायले  वडा नम्वर ९ का ९ जनामा कोरोना पुष्टि भएको बताए।

उपाध्यायका अनुसार उनीहरु सरस्वती आधारभुत विद्यालय र भवानी माविको क्वारेन्टिनमा रहेका छन्।अन्य ९ जनाको भने वडा खुलेको छैन्।

कमेन्ट लोड गर्नुस