सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एकैदिन थपिए १८ कोरोना संक्रमित

२०७७ असार ७, ०३:५४ खबर संवाददाता

धनगढी : धनगढीमा आईतवार १८ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा आज थप १८ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार आज धनगढीका तीन महिला र १५ पुरुषमा कोरोना पुष्टि भएको हो।

२०, २१ र ३३ बर्षीय महिला, २४, २१, ४०, २८, ३९, १९, २२, ४६, ३८, ३६, ४८, १६, ३३, २४ र ४४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको उनले बताए।

९ जना संक्रमित वडा नम्बर ९ मा क्वारेन्टिनमा बसिरहेका भएपनि अन्यको वडा खुलेको छैन्। धनगढी प्रयोगशालामा भएको परीक्षणमा आज सुदूरपश्चिममा ४३ जनामा कोराेना पुष्टि भएको हो। 

कमेन्ट लोड गर्नुस