सुदूर नेपाललाई विश्वसँग जोड्दै

अझै प्रष्ट याद छ मलाई

२०७७ असार ७, ०३:४१

-पृन्शका सिँह ठकुरी (रोशनी)

अझै प्रष्ट याद छ मलाई हजुर र मेरो दोस्रो भेट, 
हामी एक अर्कोलाई शिक्षक र विद्यार्थी हैन,  
सँगै कामगर्ने साथी भएर भेट्दै थियौं।

घण्टौंको पखाईपछि हजुरको आगमन, 
निलो जकेट हल्का दारी, 
मिठो मुस्कान र मित्रताको पहिलो अंगालो,
जुन अंगालोमा मलाई आफ्नोपन महशुस भएको थियो।

अनि मेरो हजुरलाई सोधिएको पहिलो प्रश्न,
संञ्चै हुनुहुन्छ अनि हजुर को उत्तर ठिक छु,
अलि लामो यात्रा गाह्रो भो अनि तपाईं संञ्चै हुनुहुन्छ, 
हजुरको मिठो बोली।

परिचय भएको एक वर्षसम्म पनि एक अर्कालाई नमस्कार भनि मेसेज  नगर्ने हामी
थाहा छैन किन त्यसरी हरायौ  पहिलो छुवाईमा,
साथीभाईहरुको नजर  हामी मै थियो र हाम्रो मनमा थुप्रै प्रश्नको भण्डार।

त्यो यात्रासँगै एक अर्कामा  हराउँदै थियौं, 
पुषको महिना असारको जस्तो झरी त्यो,  
झरीले मलाई रुझाउँदा हजुरको पिर कहि कतै
तिमी बिरामी भयौ भन्ने भन्दै हजुरले दिएको हजुरको  त्यो निलो ज्याकेट ,
मैले यती माया भन्दा भोलि प्रोग्राम छ त्यसैले भन्दै माया नगरे झैँ देखाउने हजुरको बानी।

पन्ध्रौं दिनको कार्यक्रमसँगै  एक अर्काको बानी, 
व्यवहार अझै राम्रोसँग परिचित हुँदैथियौ,
मिठा पलसँगै रमाउँदै थियौँ, 
हजुरले जानी नजानी कसैसँग बोल्दा अनि छुँदा म भित्रैभित्र जल्न पुगेछु। 

आँफैलाई आँफैले थुप्रै प्रश्न गरिरहेका थियौँ,
तर दुवैलाई आभास भएको थियो कि हामी प्रेममा परिसकेका छौँ,
ती पललाई अझै यादगार बनाउने आफ्नो जिम्मेवारी र  जिवनका दुःख अनि सुख  साट्दै थियौँ।

घण्टौं एक अर्कासँग बोल्दा चुप नलाग्ने एक्छिन् नदेख्दा छट्पटाउने हामी,
समय बित्दै जाँदापनि  दिनहुँ एकअर्काको प्रेममा अझै परिरहेका छौँ।

मलाई आफ्नो घरको बुहारी बनाउने हजुरको सपना,
अनि हजुरको घरमा बुहारी भएर आउने मेरो सपनासँगै प्रगतिको शिखर चढ्न  संघर्ष नी त्यतिकै गरिरहेका छौँ।

कार्यक्रमको शिलशिलामा जुरेको हाम्रो यो साईनो, 
विश्वास छ वैवाहिक बन्धनमा बाँधिए र बुढेसकालको एक अर्काको साहरा बन्ने छौँ,
दुःख अनि सुखमा सँगै साथ हुनेछौँ।

कमेन्ट लोड गर्नुस