सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउनमा बाजुराका महिलाले बनाए स्वादिलो अचार

फाइल फोटो
फाइल फोटो
२०७७ असार ७, ०२:४० रासस

बाजुरा: उद्यमशील महिला समूहले लकडाउनको समयलाई सदुपयोग गर्दै ‘मिक्स अचार’ उत्पादन गरेका छन्। बाजुराको सदरमुकाम मार्तडीमा रहेको मार्तडी साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको सहकार्य र दिदीबहिनी उद्यमशील समूहको सक्रियतामा स्थानीय सामग्रीको प्रयोग गरी  अचार उत्पादन गरेका हुन्। 

चोतो, मूला, गाजर, लसुन, प्याज र खुर्सानी मिलाएर अचार उत्पादन गरेको समूहकी अध्यक्ष कमलकुमारी शाहले जानकारी दिए। समूहका उपाध्यक्ष सीता बराल थापाले  नौजना महिलाको समूह मिलेर पहिलो चरणमा तीन सय डिब्बा अचार उत्पादन गरेको बताए।

स्थानीय स्वादको सो अचार प्रतिकेजी रु तीन सयका दरले बिक्री मूल्य राखिएको  छ। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मीनप्रसाद जैसीले अगामी दिनमा समूहलाई आवश्यक सहयोग गर्ने जानकारी दिए। उत्पादित अचारको बजार विस्तार र थप सीप विकासमा बडिमालिका नगरपालिकाले सहयोग गर्ने उपप्रमुख कविता बिष्टले जानकारी दिए।

कमेन्ट लोड गर्नुस