सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेशबाट युवाले पठाएको रकमले धनगढीका ६० परिवारलाई राहत

२०७७ असार ७, ०१:२४ खबर संवाददाता

धनगढीः वैदेशिक रोजगारीमा रहेका युवा तथा व्यापारीबाट संकलन भएको रकमले धनगढीका ६० परिवारलाई राहत वितरण गरिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर १२ जुगेडा (सी) गाउँका ६० परिवारलाई राहतमा चामल, दाल, तेल, नुन तथा साबुन वितरण गरिएको हो।

वैदेशिक रोजगारीमा रहेका सोही वडाका युवाबाट प्राप्त भएको  ६८ हजारमा उक्त राहत सामाग्री वितरण गरिएको अभियान्ता मनोज सिहले बताए।  समस्यामा परेकालाई सहयोग गर्न सी गाउँका युवाहरुले ‘आफू बचौँ र बचाउँ, आफ्नै गाउँ टोल शहर अभियान’ सुरू गरेका थिए।

सोही अभियान अन्तरगत राहत वितरण गरिएको उनले जनाए। नेपाल विद्यार्थी संघ ‘ल’ क्याम्पसका विद्यार्थी नेता समेत रहेका सिंहले परिवारको जनसंख्याका आधारमा राहत वितरण गरिएको बताए। उनले चामल १० क्वीन्टल, दाल ६० किलोग्राम, तेल ३० लिटर, नुन ६० किलोग्राम, एक सय ४० वटा साबुन र एक सय वटा मास्क वितरण गरिएको जनाए।  

कोरोयामा रहेका (सी) गाउँका तेजेन्द्र सिहले पाँच हजार, धर्मेन्द्र सिह पाँच हजार, रबिन्द्र रोकायाले १० हजार, बिनोद सिह पाँच हजार, सुरेन्द्र सिह पाँच हजार, दीपक सिहले पाँच हजार, सुनिल सिहले पाँच हजार सहयोग रकम पठाएका थिए।

यस्तै धनगढीको केन्जल बेबि सपले ५० किलो चामल र २५ पोका नुन, खप्तड बल्क उद्योगले ५० किलो चामल, लक्ष्मण सिहले ५० किलो चामल, मानबहादुर थापाले एक क्वीन्टल चामल, राजु नेपालीले चार हजार १७ नगद, गीता सिहले एक क्वीन्टल चामल,

नरेश सिहले २६ प्याकेट तेल, दिपक रोकायाले तीन हजार नगद, कृष्ण सिहले ५० किलो चामल, रमेश सिहले ५० किलो चामल र खडक भट्टले एक बोरा नुन सहयोग गरेका थिए। 
   

कमेन्ट लोड गर्नुस