कैलालीमा पनि एकजना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि
धनगढी : कैलालीमा पनि एकजना स्वास्थ्यकर्मीलाई कोरोनाको संक्रमण पुष्टि भएको छ। जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ८ मा रहेको पथरिया स्वास्थ्य चौकीमा कार्यरत २८ वर्षीया स्वास्थ्यकर्मीलाई कोरोना देखिएको हो।
उनी महिला हुन्। जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महत्तोले धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको बताईन्। अहिले उनलाई टीकापुर अस्पतालको आईसोलेसनमा राखिएको छ।
उनी भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकाहरुको आरडिटी तथा तापक्रम परीक्षणमा खटिएकी थिईन्।
यसअघि सुदूरपश्चिममा कञ्चनपुरका दुईजना स्वास्थ्यकर्मीमा कोरोना देखिएको थियो भने सेती प्रादेशिक अस्पतालमा कार्यरत स्टाफ नर्समा समेत कोरोना संक्रमण पुष्टि भएको छ।
डडेल्धुरामा समेत स्टार्फ नर्सलाई नै कोरोना देखिएको थियो।