वैवाहिक वर्षे गाठको अवसरमा मानवसेवा आश्रमलाई सहयोग
धनगढी : धनगढीको एक दम्पत्तीले वैवाहिक वर्षे गाठको अवसरमा मानवसेवा आश्रमलाई विभिन्न सामाग्री सहयोग गरेको छ।
उप–महानगरपालिकाको वडा नम्बर ५ तारानगर बस्ने अशोक शाहको दम्पत्तीले छैठौँ वैवाहिक वर्षेगाँठको अवसरमा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका हुन्।
आश्रममा आश्रीत असहाय तथा मनोरोगीहरुको सहयोगार्थ शाह दम्पत्तीले भुजा, चाउचाउ, नुहाउने साबुन लगायतका सामाग्री सहयोग गरेको मानव सेवा आश्रमले जनाएको छ।