कैलाली जनपुस्तकालयले एक महिनाको भाडा नलिने
धनगढी- कैलाली जनपुस्तकालय एक महिनाको भाडा नलिने भएको छ। उद्योग वाणिज्य संघ कैलालीको आग्रह अनुसार जनपुस्तकालयले एक महिनाको सटर तथा कोठा भाडा मिनाहा गर्ने बताएको हो।
जनपुस्तकालयका अध्यक्ष टिएन जोशीले सटरहरू तथा कोठा भाडामा लिइ व्यापार व्यवसाय सञ्चालन गरिरहेकाहरुबाट एक महिनाको भाडा नलिने उल्लेख गरेका हुन्। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुन नदिन गरिएको लकडाउनका कारण व्यवसाय ठप्प भएको भन्दै एक महिनाको भाडा मिनाहा गरिएको उनले बताए।