सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा ३० हजार कोरोना संक्रमित हुन्छन्: स्वास्थ्य मन्त्रालय

२०७७ असार ६, ०३:२४ खबर संवाददाता

काठमाडौं: स्वास्थ्य मन्त्रालयले नेपालमा ३० हजार कोरोना संक्रमित हुने नयाँ प्रक्षेपण गरेको छ। स्वास्थ्य मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा विभागका निर्देशक डा. दीपेन्द्ररमण सिंहले यस्तो बताएका हुन। 

यसअघि मन्त्रालयले पहिलो चरणमा ५ हजार, दोस्रो चरणमा १५ संक्रमित हुने प्रक्षेपण गरेको थियो भने शनिबार गरेको तेस्रोमा ३० हजार संक्रमित हुने प्रक्षेपण गरेको हो। र, सोही बमोजीमस्वास्थ्य सेवा विभागले सामाग्रीहरु खरिदको प्रक्रिया अघि बढाएको जनाएको छ।

डाक्टर सिंहले भने ‘३० हजार संक्रमितका लागि के कसरी जाने भनेर तयारी गर्दैछौं। आइतबारसम्म ३० हजार संक्रमितका लागि कसरी स्रोत जुटाउने भनेर जान्छौं।’ 
 

कमेन्ट लोड गर्नुस