सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिरामी छोरालाई जिउँदै बोरामा हालेर पुरेपछि...

२०७७ असार ६, ०१:५८ खबर संवाददाता

एक बुवाले आफ्नो बिरामी छोरालाई जिउँदै बोरामा हालेर पुरेको घटना सार्वजनिक भएको छ। शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिका –४ प्रगतिनगरका ३६ वर्षीय राजु परियारलाई जिउँदै छोरालाई गाडेको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको छ। 

स्थानीयका अनुसार परियारले ६ वर्षीय बिरामी छोरा राजेश परियारलाई जिउँदै बोरामा हालेर माटोमा गाडेका थिए। स्थानीयले खबर गरेपछि प्रहरीले गाडेको ठाउँबाट बालकलाई निकालेपनि बालकको मृत्यु भइसकेको बताइएको छ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रतितसिंह राठौरका अनुसार राजुलाई नियन्त्रणमा लिएर सोधपुछ र अनुसन्धानको काम भइरहेको छ। सोधपुछका क्रममा राजुले छोराको मृत्यु भएपछि आफूले गाडेको बयान दिएको डिएसपी राठौरले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस