सुदूर नेपाललाई विश्वसँग जोड्दै

गैरआवासीय नेपाली संघद्धारा सुदूरपश्चिमका लागि २५ सय पीसीआर किट सहयोग

२०७७ असार ६, ११:३५ खबर संवाददाता

धनगढी : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुदूरपश्चिमका लागि दुई हजार पाँच सय पीसीआर किट सहयोग गरेको छ।

उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट मार्फत संघले आज सुदूरपश्चिमका लागि दुई हजार पाँच सय पीसीआर किट सहयोग गरेको हो।

एनआरएन कोरियाका कार्यकारी निर्देशक राजेश रानाले पीसिआर किट मन्त्री भट्टलाई हस्तान्तरण गरिएको जानकारी दिए। ती किटलाई आजै सुदूरपश्चिम पठाउने तयारी भईरहेको  मन्त्री भट्टको सचिवालयले जनाएको छ।   

 

कमेन्ट लोड गर्नुस