जथाभावी फोहर फाल्दा किसानलाई समस्या
दाङको तुलसीपुर बजार वरपर रहेका कुला तथा नालामा फोहर फाल्दा त्यसको प्रत्यक्ष मारमा किसान परेका छन्। कुलो तथा नालामा पसलबाट निस्किएको फोहर, सुई, सिसा तथा प्लाष्टिकजन्य वस्तु जथाभावी फाल्नाले वर्षात्मा बाढी आएको बेला स किसानको खेतबारीमा सोझै जाने गरेको किसान बताउँछन्।
केही दिन अगाडि पानी परेपछि कुुुलाले बगाएर ल्याएको फोहरले कुलो थुनिँदा तुलसीपुर–१२ का माधव केसीको व्यावसायिक बट्टाई फार्ममा पानी पसेपछि रु दुई लाख बराबरको क्षति भयो। त्यस्तै स्थानीयवासी कमला वली फोहर संकलन गर्ने क्रममा हातमा सुई बिझेर केही दिन थला पर्नुप¥यो। तुलसीपुर बजारको पुछारमा खेती गर्ने किसान र बासिन्दा यसरी नै पीडा खेपिरहेका छन्।
‘‘वर्षात्को पानीले सबै फोहर बगाएर हाम्रा खेतबारीमा थुप्रिन्छ, वर्षौँदेखि यसरी नै फोहर बगाएर ल्याउने समस्या छ’’, स्थानीयवासी सुदीप आचार्यले भने। उनले खेतमा प्लाष्टिक, कपडा र सीसा बगेर आउने गरेकाले उत्पादनमा असर परेको गुनासो गरे।
दिनहुँजसो खेतमा प्लाष्टिक र कुलोले बगाएर ल्याएको फोहर टिप्न बाध्य भएको किसान बताउँछन्। खेतैभरि फोहरको डुंगुर जम्मा भएपछि उब्जनीसमेत कम हुने गरेको छ। ‘‘वर्षात्का समयमा पानीले फोहर बगाउँदा खेतीयोग्य जमीनमा नोक्सानी पु¥याएको छ, मानव स्वास्थ्यमा पनि असर पु¥याएको छ, यसका विषयमा हामीहरु कहाँ जाने ? किसानहरु अन्योलमा छन्’’, केसीले भने।
तुलसीपुर बजारमा भने साप्ताहिक रुपमा ‘ग्रीन तुलसीपुर क्लिन तुलसीपुर’ अभियान सञ्चालन छ। बजारको मुख्य सडकमा सरसफाइ हुने गरे पनि अन्य स्थानमा भने फोहर जथाभावी फाल्ने गरेका कारण समस्या हुने गरेको उपमहानगरपालिको जनाएको छ। यसको प्रत्यक्ष मारमा वडा नम्बर १० र १२ का बासिन्दा परेका छन्। फोहरले गर्दा खेतीयोग्य जमीनमा असर गर्नाका साथै नोक्सानी पु¥याएको भन्दै किसान वर्षेनी सम्बन्धित निकायमा धाउने गरेका छन्। त्यसको सुनुवाइ भने हुन नसकेको स्थानीयवासी धनीराम चौधरीेले गुनासो गरे।
उपमहानगरपालिकाभित्र उत्पादन हुने जैविक र अजैविक फोहर नछुट्याउँदा पनि यस्तो समस्या आएको छ। उपमहानगरपालिकाका प्रवक्ता सूर्यप्रकाश डाँगीले फोहर व्यवस्थापन र समस्या समाधानका लागि अध्ययन शुरु गरिएको बतानए। यसका लागि ढल निकासको पहल थालिने उनको भनाइ छ। ‘‘यस विषयमा हामीहरु गम्भीर भएका छौँ, अब यसको व्यवस्थापनका लागि नीति बनाएर कार्यान्वयन पनि गर्ने तयारीमा छाँैं’’, डाँगीले भने।
उनले आर्थिक वर्ष २०७७÷०७८ नीति तथा कार्यक्रममा यसलाई समेट्ने बताए। स्थायी डम्पिङ साइट नहुँदा बजारमा दैनिक फोहर व्यवस्थापनमा समेत समस्या पर्ने गरेको छ। बजारको फोहर दैनिक उठे पनि त्यसलाई व्यवस्थापन गर्ने चुनौती उपमहानगरपालिकालाई छ।