कोरोनाले मृत्यु भएका पुरुषको सम्पर्कमा आएका ७ स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ
धनगढी : कोरोनाको संक्रमणबाट मृत्यु भएका पुरुषको सम्पर्कमा आएका ७ जना स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ आएको छ।
धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत ७ जना स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ आएको हो। अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले धनगढीमा गरिएको पीसीआर परीक्षणका क्रममा रिर्पोट नेगेटिभ आएको जानकारी दिए।
जेठ ३१ गते कोरोना पुष्टि भएका गोदावरी नगरपालिका १ का ४६ वर्षीय पुरुषको मृत्यु भएको थियो। कोरोना पुष्टि हुन अगाडी स्वास्थ्यमा समस्या देखिएपछि उनले माया मेट्रो अस्पतालमा समेत उपचार गराएका थिए।