कैलालीको त्रिनगर नाकामा खाना खुवाउँदै काँग्रेस नेता महर
धनगढी : नेपाली कांग्रेसका युवा नेता नैनसिंह महर भारतबाट आउने नागरिकलाई खाना खुवाउन कैलालीको त्रिनगर नाका पुगेका छन्। यसअघि देखि नै नाकामा खाा खुवँउदै आएका गजेन्द्र बिक्रम शाही, देवेन्द्र जोशीसंगै काँग्रेस नेता महर पनि नाकामा पुगेका हुन्।
राज्यले सीमामा विचल्ली परेका नागरिककाको वेवास्ता गरिरहेको अवस्थामा नाकामै पुगेर उद्धारमा सहयोग गरेको नेता महरले बताए। उनी दुई दिनअघि मात्रै काठमाडौंबाट कैलाली पुगेका थिए।