डडेल्धुराका थप ६ जनामा कोरोना पुष्टि
डडेल्धुरा : थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शुक्रबार जिल्लका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
परशुराम नगरपालिकाका पाँच जना र गन्यापधुरा गाउँपालिकाका एक जना गरी ६ जनामा कोरोना संक्रमण देखिएको डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए।
उनका अनुसार शुक्रबार थपिएका सबै पुरुष हुन्। योसँगै डडेल्धुरामा कोरोना संक्रमितको संख्या १२८ पुगेको छ। यसअघि बिहीबार एकैदिन सबैभन्दा बढी ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।