सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिनगर नाका हुँदै फर्किएका एक युवकको मृत्यु, कोरोना परीक्षण हुने

२०७७ असार ५, ११:०९ खबर संवाददाता

धनगढी : भारतको बङ्गलोरबाट घर फर्किएका दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ३ का एक युवकको मृत्यु भएको छ। गौरीफन्टा-त्रिनगर नाका भएर जेठ २९ गते मार्माको लटिनाथ पुगेका २१ वर्षीय युवकको बिहीबार बेलुकी मृत्यु भएको मार्मा स्वास्थ्य संयोजक चक्रसिह धामीले जानकारी दिए।

मानसिक रुपमा अस्वस्थ्य रहेका युवकलाइ एक दिनमात्रै लटिनाथ माविको व्वारेन्टाइनमा राखिएको थियो। धनगढी र लटिनाथमा गरिएको आरडिटी रिपोर्ट नेगेटिभ थियो। युवकमा ज्वरो बढ्दै गएको थियो। मृतककोे बिहीबार राती नै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी धनगढी पठाइएको संयोजक धामीले बताए। 

कमेन्ट लोड गर्नुस