कैलालीमा झण्डै ९ लाख नगद सहित ७ जुवाडे पक्राउ
धनगढी : कैलालीमा झण्डै ९ लाख नगद सहित ७ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिकाबाट ८ लाख ९३ हजार ५० रुपँया नगद सहित ७ जना जुवाडेलाई बिहिबार बेलुका प्रहरीले पक्राउ गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान (आरईटी) समुह र ईलाका प्रहरी कार्यालय सुखडको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
जिल्लाको घोडाघोडी नगरपालिका १ सुखडको करण थापाको घरमा तास खेल्दै गरेका धनगढी उप–महानगरपालिका ३ बिशालनगरका ३८ बर्षीय तुलाराम अधिकारी, जानकी गाउँपालिका १ बस्ने ३२ बर्षीय कमल चौधरी, लम्किचुहा नगरपालिका ४ बस्ने ४० बर्षीय नवल बुढा, टिकापुर नगरपालिका १ बस्ने ४० बर्षीय मोहन जोशी, बैतडीको पुर्चौडी नगरपालिका ८ बस्ने ५० बर्षीय कैलाश धामी, घोडाघोडी नगरपालिका १ बस्ने ३३ बर्षीय दिपेश ऐर र सोही ठाउँका ३२ बर्षीय अक्कल शाहीलाई पक्राउ गरीएको हो।
पक्राउ परेका उनीहरुलाई जिल्ला चलान गरीएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक हरिशरण भट्टले जानकारी दिए।