सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला–धार्चुला नाका खुल्यो, ६६ भित्रिए २३ बाहिरिए

२०७७ असार ४, ०७:५३ खबर संवाददाता

दार्चुला र धार्चुला जोड्ने सीमा पूल बुधबार बेलुकी खुला गरिएको छ। पूल खुलेसँगै भारतमा रोकिएका ६६ जना नेपाली भित्रिएका छन् भने भारतका २३ जना बाहिरिएका छन्।

नेपाल भारतका अधिकारीबीच भएको सहमति अनुसार दुवै देशका नागरिकलाई वारपार गर्न दिइएको हो। पूल खुलेसँगै दार्चुलाका ४१ जना, बैतडीका ८ जना, कैलाली, हुम्ला, डडेल्धुराका एक÷एक जना भित्रिएका छन् । यस्तै आफन्त वितेको भन्दै भारतबाट १४ जना होम क्वारेन्टाइनमा बस्ने गरी नेपाल भित्र्याइएको छ। 

दार्चुलाका ८ वटा स्थानीय तहका मानिसहरु पुलेखुलेसँगै भित्रिएका हुन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पुल खुलेसँगै महाकाली नगरपालिकाका १८ जना, मालिकार्जुन गाउँपालिकाका १० जना, शैल्यशिखर नगरपालिकाका, अपिहिमाल गाउँपालिका, व्यास गाउँपालिकाका एक÷एक जना, मार्मा गाउँपालिकाका ४ जना, नौगाड र दुहुँ गाउँपालिकाका तीन÷तीन जना नेपाल भित्रिएका छन्।
 

कमेन्ट लोड गर्नुस