सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा खसेको ढुंगा लागेर एक महिलाको मृत्यु

२०७७ असार ३, ०२:१० खबर संवाददाता

दार्चुला: दार्चुलामा खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको दार्चुला–तिंकर सडक खण्डको राताकाठा क्षेत्रमा ढुंगा लागेर दुहु गाउँपालिकाी कलावती बडालको ज्यान गएको प्रहरीले जनाएको छ।

राताकाठा भन्दा माथिल्लो क्षेत्रमा खानेपानी योजना निर्माण भइरहेकाले उक्त क्षेत्रबाट ढुंगा खसेर उनका घटनास्थलमै मृत्यु भएको जनाइएको छ। 

घटनाको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक भास्कर चन्दको नेतृत्वमा प्रहरी टोली घट्नास्थल तर्फ गएको छ।

कमेन्ट लोड गर्नुस