बाजुरामा १९ संक्रमितसंगै क्वारेन्टिनमा बसेका ६२ जनालाई कोरोना रिपोर्ट नआउँदै घर पठाइयो
१९ जना संक्रमित फेला परेको बाजुराको बुढिगंगा नगरपालिकास्थित धुरालसैन माविको क्वारेन्टिनमा रहेका ६२ जनालाई रिपोर्ट नआउँदै घर पठाएको छ। रिपोर्ट नआउदै घर पठाएपछि गाँउमा त्रास फैलिएको छ।
क्वारेन्टिनमा बसेकी दुई बर्षीय बालिकाको कोरानाकै कारण मृत्यु भएपछि क्वारेन्टिनमा बसेका एक सय ८७ जनाको स्वाब संकलन गरीएको थियो। त्यसपछि सोही क्वारेन्टिनमा रहेका थप १८ जनामा कोरोना पुष्टि भईसकेको छ।
६२ जनाको रिपोर्ट अहिलेसम्म आएको छैन् भने उनीहरुलाई घर पठाएको छ। रिपोर्ट नआएका ६२ जना र रिपोट नेगेटिभ आएर पनि ११ दिनसम्म कोरोना संक्रमितससंगै बसेका एक सय सात जना पनि घर गएपछि गाँउनै त्रसित बनेको छ।
‘कोरोना संक्रमितसँग बसेका घरमा आएका छन्। उनिहरु निर्वाध रुपमा गाँउडुलिरहेका छन्।’ स्थानिय लक्ष्मण थापाले भने।
नगर प्रमुख दिपक बिक्रम शाहले भने, ‘नजानु भनेको हाँै, पटक–पटक रोक्ने प्रयास ग¥यौ तर रोक्न नसक्ने अबस्था आएपछि जवरजस्ती घर गएका छन्।’
स्वास्थ्य कार्यलय बाजुराका जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले भने लक्षण चिन्ह केही नदेखिएको भए घरको क्वारेनटाइनमा बस्ने गरी पठाउन मिल्ने वताए।