सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा क्वारेन्टिनभित्रै घरेलु मदिरा फेला, चारजना पक्राउ

२०७७ असार ३, ०७:२८ खबर संवाददाता

अछाम : जिल्लाको  चौरपाटी गाउँपालिकाको एक क्वारेन्टाईन भित्र घरेलु मदिरा फेला परेको छ। चौरपाटी गाउँपालिकाको जनता आधारभूत विद्यालयमा घरेलु मदिरा फेला परेको वडा नम्बर १ का वडा अध्यक्ष सालिभान साउदले जानकारी दिए।

क्वारेन्टाईनमा बस्ने नागरिकहरुका लागि खाना पकाउन राखेका २ जनाले मदिरा बनाएको खुलेको हो। खाना पकाउने र सुरक्षामा खटिएका २ जना गरी चार जनालाई सिउडी प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।

उनीहरुले खाना पकाउने भाडो (ताउलो) र जर्किनमा गरी लगभग ५० लिटर मदिरा पनि प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले जनता आधारभूत विद्यालयमा भारतबाट फर्किएका ५८ जना बसिरहेका छन्। 

कमेन्ट लोड गर्नुस