सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा क्वारेन्टिनमै सामूहिक बलात्कार: पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

२०७७ असार १, ०१:०८ खबर संवाददाता

धनगढीः कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ को क्वारेन्टिनमा भएको सामूहिक बलात्कार प्रकरणलाई लिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्द पारिएको छ। स्थानीयहरुले पूर्वपश्चिम राजमार्गको लम्की क्षेत्र अवरुद्द पारेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले राजमार्ग अवरुद्ध भएको बताउँदै खोल्ने प्रयास भईरहेको बताए। 

नगरपालिकाको वडा नम्वर १ मा रहेको शहिद स्मृति माध्यामिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी ३१ बर्षीय महिलामाथि शनिवार राति बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। करणी गरेको अभियोगमा पीडित महिलाले किटानी जाहेरी दर्ता गरेपछि लम्की चुहा १ का १७ वर्षीय सर्जन विक, २० वर्षीय लक्ष्मण परियार र २२ वर्षीय किसोर परियारलाई आइतबार नै पक्राउ गरिएको हो।

उनीहरु एक स्वास्थ्यकर्मी र दुई जना क्वारेन्टिमा खटिएका सहयोगी हुन्।

कमेन्ट लोड गर्नुस