सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले आज बजेट ल्याउँदै

२०७७ असार १, ०९:१६ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको बजेट आज ल्याउने भएको छ। दिउँसो ४ बजे बस्ने प्रदेसशभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।

 विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसबाट सिर्जित परस्थितीको व्यवस्थापन गर्ने गरी बजेट आउने अपेक्षा गरिएको छ।

चालु वर्षका लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको सरकारले अगामी वर्षका लागि भने आकार बृद्धि गरी बजेट ल्याउन लागेको बताईएको छ। प्रदेश सरकारले जेठ १९ गते ल्याएको नीति तथा कार्यक्रमकै आधारमा बजेट आउने जनाएको छ।

कोरोना भाईरसको नियन्त्रण तथा रोकथाम सहित स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिईने  दावी गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस