धनगढीमा मृगौला बिरामीमा कोरोना पुष्टि भएपनि अस्पताल लगिएन
धनगढी : धनगढीमा मृगौलाका बिरामीमा कोरोना पुष्टि भएको २२ घण्टा पुगेपनि उनलाई अस्पताल लैजान आनाकानी भएको छ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का ४३ बर्षीय पुरुषमा कोरोना पुष्टि भएकोमा उनलाई अस्पताल लैजान आनाकानी भएको हो। वडा अध्यक्ष बलवहादुर ऐरले अस्पतालको आइसोलेसनमा राख्नका लागि पटक–पटक आग्रह गरेपनि वेवास्ता गरीएको बताए।
यता धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका अहेव लक्ष्मि उपाध्यायले भने संक्रमितलाई अस्पताल लैजानका लागि पहल भईरहेको बताए। धनगढीको महिला टोलमा कोरोनाले मृत्यु भएकी महिलासंगै सेती अस्पतालमा डायलासिस गराएका ति पुरुषमा शनिवार कोरोना पुष्टि भएको थियो।