धनगढीमा निजी गाडीका चालकमा पनि कोरोना पुष्टि
धनगढी : सुदूरपश्चिममा थप एक जना चालकमा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा शनिवार धनगढीका दुई जनामा कोरोना पुष्टि भएकोमा वडा नम्वर १ का पुरुष भने चालक रहेको खुलेको हो।
उनी निजी गाडी चालक रहेको वडा नम्वर १ का अध्यक्ष सन्तोष मुडभरीले पुष्टि गरे। आन्तरिक ट्राभाल हिस्ट्री मात्रै भएका संक्रमित पुरुषले लकडाउनको अवधीमा जन्ती समेत बोकेको खुलेको छ।
उनी धनगढीका एक होटल सञ्चालकको गाडी चलाउँदै आएका छन्। उनी अहिले घरकै आईसोलेसनमा रहेका छन्। यसअघि सुदूरपश्चिममा एक जना बस चालक र एक जना एम्बुलेन्स चालकमा कोरोना पुष्टि भईसकेको छ।