सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको निसर्ग अस्पतालद्वारा फुटेको अनुहारको सफल शल्यक्रिया

२०७७ जेठ ३१, ०७:४६ खबर संवाददाता

धनगढी : धनगढीको निसर्ग अस्पतालले फुटेको अनुहारको सफल शल्यक्रिया गरेको छ। अस्पतालले कृष्णपुर नगरपालीका –७ शान्तिपुरकी ३६ वर्षीया गोमती पार्कीको फुटेको अनुहारको शल्यक्रिया गरेको हो। 

जेठ २२ गते एक घटनाबाट उनको अनुहारमा गम्भीर चोट लागेको यिो। अहिले अस्पतालले उनको बिग्रेको नाकमुखको सेपलाई मिलाएको छ। म्याग्जिलो फेसियलको स्पेसल टिमद्वारा धनगढीमै पहिलोपटक अनुहारको यति ठूलो शल्यक्रिया गरेको अस्पताल प्रशासनले दाबी गरेको छ।वरिष्ठ मुख, अनुहार तथा बङ्गारा विशेषज्ञ डा. दीपक ठकुराठी, एनेस्थेसियोलोजिस्ट डा. हेमन्त ओझा लगायतको टिमले उपचार गरेका हुन।

साथै आर्थिक अवस्था कमजोर भएकी पार्कीको उपचार सस्तोमा गरिदिएको अस्पतालका अध्यक्ष तिर्थ पन्तले बताए। 

कमेन्ट लोड गर्नुस