बाजुराको भौनेरा क्वारेन्टिनमा एक युवक मृत फेला
बाजुरा : बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा नम्वर २ भौनेरामा रहेको सत्यबादी माविको क्वारेन्टिनमा एक युवक मृत फेला परेका छन्।
बडिमालिका नगरपालिका वडा नम्वर २ माझिगाउँका ४५ बर्षीय युवक मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उनी २ दिन अगाडी मात्र भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंक प्रशाद भट्टराईले घटनाको प्रकृती हेर्दा आत्महत्या जस्तो देखिएको बताउँदै थप अनुसन्धान भईरहेको बताए। अहिले सोही क्वारेन्टिनमा १६ जना बरिहेका छन्।