सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सुरक्षाकर्मीलाई मास्क वितरण गर्दै सुरु भएको प्रदर्शन पानी बाडेर समापन

२०७७ जेठ ३०, ०२:५१ खबर संवाददाता

धनगढी : धनगढीमा सुरक्षाकर्मीलाई मास्क वितरण गरेर सुरु भएको सरकारलाई खवरदारी कार्यक्रम पानी वितरण गरेर समापन गरीएको छ।

कोरोना भाइरसको रोकथाममा सरकार गम्भीर नभएको भन्दै आयोजना गरीएको खवरदारी कार्यक्रम सुरक्षाकर्मीलाई मास्क र ग्लव्स वितरण गरेर सुरु गरीएको थियो भने समापन सुरक्षाकर्मीलाई नै पानी बाडेर गरीएको हो। 

आरडिटी बन्द गरेर शत प्रतिशत कोरोना परीक्षण पीसीआर बिधीबाट गर्नुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनपर्ने, कोरोना रोकथामका लागि सरकारले गरेको खर्च सार्वजनिक गर्नुपर्ने लगायतको माग राख्दै पीडित नागरिकको तर्फबाट प्रदर्शन गरीएको थियो। 

‘प्रदेश सरकार ! तिम्रो पाराले, दुख पायो साराले, कोरोना मौलायो हाम्रो सरकार बौलायो, सरकार की त जाग की त भाग, सासंदको भत्ता पाक्ने नागरिकको भात नपाक्ने, सरकारलाई जिमखाना नागरिकलाई छैन् खाना’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरीएको हो।
 

कमेन्ट लोड गर्नुस