सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेट्रोलमा कालोबजारी गर्ने तीनजना पक्राउ

२०७७ जेठ ३०, ०२:४८ खबर संवाददाता

स्याङ्जा  : पेट्रोलमा कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।  तोकिएको मूल्यभन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरी कालोबजारी गरेको आरोपमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ३ बाट तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पुतलीबजारका ३३ वर्षीया विष्णुमाया शर्मा, २४ वर्षीय गौरव प्रधान र वडा नम्बर  १० का३५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन्। उनीहरु विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धानको प्रक्रिया थालिएको छ। 
 

कमेन्ट लोड गर्नुस