धनगढीमा सरकारलाई खवरदारी गर्दै प्रदर्शन
धनगढी : सरकारलाई खवरदारी गर्दै धनगढीमा प्रदर्शन गरीएको छ। कोरोना भाइरसको रोकथाममा सरकार गम्भीर नभएको भन्दै धनगढीमा प्रदर्शन गरीएको हो।
आरडिटी बन्द गरेर शत प्रतिशत कोरोना परीक्षण पीसीआर बिधीबाट गर्नुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनपर्ने, कोरोना रोकथामका लागि सरकारले गरेको खर्च सार्वजनिक गर्नुपर्ने लगायतको माग राख्दै पीडित नागरिकको तर्फबाट प्रदर्शन गरीएको हो।
‘ प्रदेश सरकार ! तिम्रो पाराले, दुख पायो साराले, कोरोना मौलायो हाम्रो सरकार बौलायो, सरकार की त जाग की त भाग, सासंदको भत्ता पाक्ने नागरिकको भात नपाक्ने, सरकारलाई जिमखाना नागरिकलाई छैन् खाना’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरीएको हो। प्रदर्शन सुरु हुन अघि सुरक्षाकर्मीलाई मास्क र ग्लब्स बितरण गरीएको थियो।