सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नाली निर्माणमा कमसल ईट्टा प्रयोग गरिएपछि स्थानीयद्धारा विरोध

२०७७ जेठ २९, ०८:२१

धनगढी : धनगढीमा सडकको नाली निर्माण गर्दा कमसल ईट्टा प्रयोग गरिएको आरोप लागेको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर २ मा उपभोक्ता समितिले निर्माण थालेको नालीमा कमसल ईट्टा प्रयोग भएको आरोप लागेको हो।

धनगढी उप–महानगरपालिकाको १० लाख चार हजारको लागतमा निर्माण थालिएको ९७ मिटर सडकको नाली निर्माण निर्माण गर्दा कमसल ईट्टा प्रयोग भएका स्थानीय युवा कुल रावलले बताए। ‘दुई नम्बर ईट्टा प्रयोग भएका छ। आँखा अगाडी गलत छ भन्न खोज्दा हातपात भयो। रोक भन्दा रोकिएको छैन्। मिस्त्रीलाई अध्यक्ष राखिएको छ। विरोध गर्न खोज्दा र्दबाइएको छ।’ उनले भने।

उपभोक्ता समितिका अध्यक्ष सुर्य कामीले भने नाली निर्माणमा कमसल ईट्टा प्रयोग नभएको दावी गरे। उनले दुई नम्बरी ईट्टा प्रयोग नभएको प्रतिकृया दिए। ‘यो बाटो हाम्रो हो। भोली भत्कियो भने हामीलाई नोक्सानी हुने हो। दुई नम्बर ईट्टा प्रयोग भएको छैन्। कमसल ईट्टा अलगै राखेका छौ।’ उनले भने। युवाहरुले कमसल ईट्टा प्रयोग गरिएको भन्दै विरोध गरेका हुन्।

कमेन्ट लोड गर्नुस