कैलालीको त्रिनगर नाका भएर आज भारतबाट १४७७ नेपाली फर्किए
धनगढी: कैलालीको त्रिनगर नाका भएर भारतबाट आज एक हजार चार सय बढि नेपाली फर्किएका छन्।
भारतका विभिन्न स्थानबाट त्रिनगर नाका भएर एक हजार चार सय ७७ नेपाली फर्किएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले त्रिनगरबाट फर्किएका उनीहरुलाइ सम्बन्धीत स्थानीय तहको जिम्मा लगाउने काम जारी रहेको जानकारी दिए।
आज पठाउन सम्भव नभएकाहरुलाई धनगढीमै क्वारेन्टिनमा राखिनेछ। त्रिनगर नाकाबाट दैनिक दुई हजारदेखि ६ हजारको हाराहारीमा फर्किने गरेकोमा पछिल्लो केही दिन यता उक्त संख्या घटेको छ।
बुधबार पनि त्रिनगर नाका भएर एक हजार ५१ जना फर्किएको प्रहरीले जनाएको छ।