बैङ्क तथा वित्तीय संस्थाहरू पूर्णरुपमा खुल्ने
बैङ्क तथा वित्तीय संस्थाहरूले पूर्ण रुपमा खुला हुने भएका छन्। सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले अब बैङ्क तथा वित्तीय संस्थाहरू पूर्ण रुपमा खुला हुने जानकारी दिए।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बैङ्कका सबै शाखाहरू खुला गरेर सेवा दिन पाउने निर्णय गरेको छ।
यसअघि एक तिहाइ कर्मचारीहरूमात्रै राखेर बैंकहरूले सीमित शाखाबाट मात्रै सेवा दिइरहेका थिए भने अधिकांश जसो सहकारी संस्थाहरू बन्द थिए।