सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको दुर्गम गाउँमा निस्शुल्क स्वास्थ्य सेवा दिदै डा. केसी

२०७७ जेठ २८, ०९:०९ खबर संवाददाता

स्वास्थ्य क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसी दार्चुलाका दुर्गम गाउँपालिकाका स्वास्थ्य चौकीहरुमा पुगेर जनतालाइ निस्शुल्क स्वास्थ्य सेवा प्रदान गरिरहनुभएको छ। व्याँस गाउँपालिका र मार्मा गाउँपालिकामा सेवा दिएका डा. केसी अपिहिमाल गाउँपालिका पुग्नुभएको छ।

अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी स्वास्थ्यचौकीमा जनतालाई दुई दिन निस्शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने डा। केसीले बताए। सुदूरपश्चिमको दुर्गम हिमाली दार्चुला जिल्लाको शिक्षा र स्वास्थ्य अवस्था निकै दयनिय छ। मेडिकल सुपरिटेन्डेन्ट डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल दार्चुलामा स्थापनाकालको तीन दशक बढी समय बितेपनि अहिलेसम्म प्रमुख डाक्टर नआउदा निमित्तको भरमा अस्पताल सञ्चालनमा छ।

जटिल तथा गुणस्तरीय स्वास्थ्य सेवाका लागि दार्चुलावासीले भारतको पिथौरागढ लगायत विभिन्न जिल्ला र नेपालको डडेल्धुरा, कैलाली, नेपालगञ्ज, काठमान्डौँ लगायतका अस्पताल धाउनुपर्ने बाध्यता छ। 

कमेन्ट लोड गर्नुस