सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा युवतीको मृत्युपछि राजमार्ग अवरुद्ध, प्रहरीद्धारा अश्रु ग्यास प्रहार

२०७७ जेठ २८, ०६:१८ खबर संवाददाता

धनगढी  : कैलालीमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्। जिल्लाको बर्दगोरीया गाउँपालिका २ कि २५ वर्षिया सरस्वती उपाध्यायको मुत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पार्दै आन्दोलन गरेका छन्।

उनीहरुले पूर्वपश्चिम राजमार्गको बौनिया बजारमा राजमार्ग अवरुद्ध पार्दै पीडित परिवारलाई क्षतीपूर्ती र दोषीलाई कारवाहीको माग गर्दै प्रर्दशन गरेका छन्। प्रर्दशनले उग्र रुप लिएपछि प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप समेत भएको छ।

दोहोरो झडपपछि स्थिती नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बताए। उनले प्रहरीमाथि ढुङ्गामुढा प्रहार भएपछि भीड नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरिएको बताए। 

आज दिउँसो लम्कीबाट धनगढी आउँदै गरेको ना ७ ख ९३० नम्बरको बसको ठक्करबाट साईकलमा सवार उपाध्यायलाई बौनियाँ चौराहामा ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भिर घाईते भएकी उपाध्यायको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको थियो। 

 

कमेन्ट लोड गर्नुस