नगरपालिकाले प्लाष्टिकको चामल दिएपछि कैलालीको क्वारेन्टाइनमा बसेका अन्दोलित
कैलाली : कैलालीको एक क्वारेन्टाइनमा बसेकाहरु आन्दोलित भएका छन्। जिल्लाको घोडाघोडी नगरपालिकाको क्वारेन्टाइनमा बसेका स्थानीय आन्दोलनमा उत्रिएका हुन।
नगरपालिकाले आफुहरुलाई प्लाष्टिकको चामल प्रयोग गरेको खाना खुवाएको र आफुहरुको स्वास्थ्य चेकजाँच नगरेको भन्दै क्वारेन्टाइनमा बस्नेहरु बिरोधमा उत्रिएका हुन।
उता नगरपालिकाका प्रशासकिय अधिकृत खगेन्द्रबहादुर सिंहले भने क्वारेन्टाइनमा प्रयोग भएको चामल नगरपालिकाले खरिद गरेको नभई सहयोगीहरुबाट प्राप्त भएको र प्लाष्टिकको भनिएको चामलको गुणस्तर चेकजाँच हुने बताएका छन्।