सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी एफएम १०औँ वर्षमा प्रवेश

२०७७ जेठ २८, ०२:५४ खबर संवाददाता

धनगढी : कैलालीको अत्तरियाबाट सञ्चालित गोदावरी एफएम नौँ वर्ष पूरा गरी १० औँ वर्षमा प्रवेश गरेको छ। विस २०६८ साल जेठ २८ गतेबाट प्रशारण सेवा आरम्भ गरेको गोदावरी एफएम ५ सय वाट क्षमतामा सञ्चालन हुँदै आएको प्रबन्ध निर्देशक गोविन्द रोश्याराले जानकारी दिए।

उनले एक दशक सम्मको रेडियो प्रशारण यात्रामा साथ दिने सम्पूर्ण स्रोता, विज्ञापनदाता, रेडियोकर्मी कर्मचारी र शुभचिन्तकहरू प्रति धन्यवाद र आभार व्यक्त गरेका छन्।

उनकाा अनुसार गोदावरी एफएमले कोरोना भाइरसको माहामारीका कारण यो वर्ष कुनै औपचारिक कार्यक्रम भने गरेको छैन्। 
 

कमेन्ट लोड गर्नुस