सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बलात्कारको मुद्धा मिलाउन घुस खाने प्रहरीसहित दुई जनाविरुद्ध आरोपपत्र दायर

२०७७ जेठ २८, ०२:१८ खबर संवाददाता

धनगढी : कैलालीमा बलात्कारको मुद्धा मिलाउन ५० हजार घुस खाने प्रहरीसहित दुई जनाविरुद्ध आरोपपत्र दायर भएको छ।

ईलाका प्रहरी कार्यालय मसुरीया कैलालीका प्रहरी नायब निरीक्षक दिलबहादुर महरा र मसुरियाको लक्ष्मी सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर धामीविरुद्ध ५० हजार बिगो कायम गर्दै आरोपपत्र दायर गरिएको हो।

आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। 

सोही घटनामा बैशाख तेस्रो साता बलात्कार उद्योग आरोपमा श्रीमान र जेठाजु पक्राउ परेका थिए। जिल्लाको गौरीगंगा नगरपालिकाकी १६ बर्षीय युवतीमाथि जवरजस्तीकरणी गर्न खोजेको भन्दै उनका १७ बर्षीय श्रीमान र जेठाजुलाई प्रहरी पक्राउ गरेको थियो। 

सोही मुद्धा मिलाइदिन्छु भन्दै ५० हजार घुस लिने सामुदायिक वनका अध्यक्ष धामीलाई भने अख्तियारले पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा अध्यक्ष धामीले प्रहरी नायव निरिक्षक महराको लागि घुस मागेको खेलेपछि उनीविरुद्ध पनि आरोपपत्र दायर भएको अख्तियारले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस