सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

२०७७ जेठ २८, ०९:५२ खबर संवाददाता

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। नम्वर नखुलेको ट्याक्टरले वडा नम्वर ८ स्थित पूर्वपश्चिम राजमार्गमा से ७ प ५९०५ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो।

मोटरसाइकल चालक लम्कीचुहा ९ बस्ने टेकराज घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा परी घाईते भएका उनको लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।  
 

कमेन्ट लोड गर्नुस