कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा एकैदिन ४ जनाको मृत्यु
धनगढी : कैलालीमा मंगलवार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। कैलालीको घोडाघोडीमा भएको दुर्घटनामा दुई, लम्की र गोदावरीमा भएको दुर्घटनामा एक/एक जनाको मृत्यु भएको हो। जिल्लाको घोडाघोडी नगरपालिका १ सुखडमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।
बा ८ च २१०० नम्बरको कारको ठक्करबाट साईकल यात्री घोडाघाडी नगरपालिका १ जनकपुर बस्ने २६ बर्षिया सोनिया चौधरी र उनका छोरा ५ बर्षिया कृष्टन चौधरीको मृत्यु भएको हो। ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक हरिशरण भट्टका अनुसार सोही कारसंग से ५ प ५७०६ नम्बरको मोटरसाईकल एकआपसमा ठोकिदा घोडाघोडी नगरपालिका १० बस्ने ४५ बर्षिया डबल शाह र लम्की चुहा नगरपालिका १० बस्ने ४० बर्षिया जयन्द्र सुनार घाईते भएका छन्।
घाईतेलाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ। कारका चालक बर्दगोरिया गाउपालिका १ का राजेन्द्र मल्ललाई ईलाका प्रहरी कार्यालय मसुरियाले नियन्त्रणमा लिएको छ।
यस्तै कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिकाको बुढितोलबाट खानीडाँडा जादै गरेको सुदूरपश्चि प्रदेश ०१–००८ प ४०३९ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका वडा नम्वर ४ बस्ने २९ बर्षीय भक्त खनालको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका खनालको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु बताए।
उता लम्कीचुहा नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। नम्वर नखुलेको ट्याक्टरले वडा नम्वर ८ स्थित पूर्वपश्चिम राजमार्गमा से ७ प ५९०५ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो।
मोटरसाइकल चालक लम्कीचुहा ९ बस्ने टेकराज घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा परी घाईते भएका उनको लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।