सुदूर नेपाललाई विश्वसँग जोड्दै

यूएईबाट उद्धार गर्नुपर्ने नेपाली १७ हजारभन्दा धेरै छन् : दुतावास

फाइल फोटो
फाइल फोटो
२०७७ जेठ २८, ०६:१४ खबर संवाददाता

यूएईबाट उद्धार गरेर ल्याउने नेपालीको सङ्ख्या जम्मा ४१० मात्र नभएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ।

यूएईबाट स्वदेश फर्काउनुपर्ने नेपालीको सङ्ख्या १७ हजार ३ सय ७५ रहेको र ४१० चाहिँ पहिलो दुई उडानका लागि तय गरिएको सूची भएको दूतावासले स्पष्ट परेको छ।

सोमबार परराष्ट्र मन्त्रालयले कोभिड १९ क्राइसिस म्यानेजमेण्ट कमिटी सीसीएमसीलाई उपलब्ध गराएको सूचीमा यूएईबाट उद्धार गर्नुपर्ने नेपालीको सङ्ख्या ४१० उल्लेख गरिएको थियो। तर यो सङ्ख्या दुई उडानका लागि तय भएको सूची भए पनि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्चालमा यूएईबाट उद्धार गरिने नेपालीको सङ्ख्याबारे टिकाटिप्पणी भएपछि दूतावासले स्पष्ट पारेको हो।

दूतावासले यूएईमा समस्यामा पर्ने नेपालीको अनलाइन माध्यमबाट विवरण सङ्कलन गरिरहेको छ। यो क्रम अहिले पनि जारी रहेकाले फर्कन सक्ने नेपालीको सङ्ख्या पनि बढ्न सक्ने दूतावासको अनुमान छ। गएको शुक्रबार १६८ नेपाली र एक शव नेपाल ल्याइएको छ। बुधबार यूएईबाट उडान हुने भनिए पनि अन्तिम सीसीएमसीले प्राविधिक कुरा नमिलेको भन्दै यूएईबाट हुने उडान रद्द गरेको छ।

पहिलो चरणमा ३० देशका २४ हजार १४८ नेपलाीको उद्धार गर्नुपर्ने विवरण विभिन्न देशमा रहेका नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएका छन्। त्यसअनुसार बुधबार कुवेतमा आममाफी पाएका तीन सय नेपाली महिला स्वदेश फर्किने भएका छन् भने असार १ गते ओमानबाट पनि समस्यामा परेका नेपालीलाई लिएर सलाम एअर आउने भएको छ।
 

कमेन्ट लोड गर्नुस