सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टामा बेहोस भएका एक बृद्धको सेती अस्पतालमा मृत्यु

२०७७ जेठ २७, ०६:१३ खबर संवाददाता

धनगढी : भारतबाट फर्किएका एक जनाको धनगढीमा मृत्यु भएको छ। भारतको तमिलनाडुबाट फर्किएका डोटीको आदर्श गाउँपालिका वडा नम्बर ७ का ७५ वर्षीय गर्भे विकको मृत्यु भएको हो।

मंगलबार कैलालीको त्रिनगर नाकाबाट स्वदेश भित्रिने क्रममा बेहोस भएका विकको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए।

उनलाई दम र प्रेसर समेत रहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस